नियम २४१
सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति
(१) संघीय संसद र सचिवालयलाई सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक नीति, कार्यक्रम तथा बजेट निर्धारण गर्न र रेखदेख, नियन्त्रण एवं सुपरिवेक्षण गर्नको लागि देहाय बमोजिमको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ ः-
(क) सभामुख – सभापति
(ख) राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ग) उपसभामुख – सदस्य
(घ) राष्ट्रिय सभाको उपाध्यक्ष – सदस्य
(ङ) महासचिव – सदस्य
(च) प्रतिनिधि सभाको सचिव – सदस्य
(छ) राष्ट्रिय सभाको सचिव – सदस्य
(ज) सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) – सदस्य
(झ) सचिवालय सचिव (प्रशासन) – सदस्य–सचिव
(२) सभामुखको पद रिक्त रहेको अवस्थामा राष्ट्रिय सभाको अध्यक्षले उपनियम
(१) बमोजिमको समितिको सभापति भई कार्य गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः—
(क) सचिवालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(ख) संघीय संसद तथा सचिवालयको वार्षिक कार्यक्रम तथा बजेट निर्धारण गर्ने
र खर्च सम्बन्धी मापदण्ड निर्धारण गर्ने,
(ग) प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसदीय समिति एवं संयुक्त समिति बीच
समन्वय, सहकार्य र सामन्जस्यता कायम गर्ने, गराउने,
(घ) संघीय संसदका काम कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक अनुसन्धानात्मक कार्य गर्ने, गराउने,
(ङ) प्रदेश सभासँग आवश्यक समन्वय र सहकार्य गर्ने,
(च) सचिवालयमा रहने कर्मचारीको दरबन्दी र कार्यविवरण निर्धारण गर्ने,
(छ) सचिवालयका कर्मचारीको वृत्तिविकास एवं सुविधा निर्धारण सम्बन्धी कार्य गर्ने,
(ज) संघीय संसद तथा सचिवालयको भौतिक निर्माण र सुधार सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तय गर्ने, गराउने,
(झ) पदाधिकारी, सदस्य र कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी कार्य गर्ने,
(ञ) नेपाल सरकारसँग समन्वय गरी संघीय संसद, संसदीय समिति एवं संयुक्त समितिको वार्षिक कार्यतालिका तयार गर्ने,
(ट) मित्रराष्ट्रका व्यवस्थापिका, अन्तरव्यवस्थापिका संघ, एसिया प्रशान्त संसदीय मञ्च, सार्क सभामुख संघ, एसियाली संसदीय सभा लगायत अन्य अन्तर्राष्ट्रिय संघ–संस्थासँग सम्पर्क, समन्वय, सहयोग र संसदीय
प्रतिनिधिमण्डलको आदान प्रदान गर्ने ।
(४) उपनियम (१) बमोजिमको समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(५) उपनियम (१) बमोजिमको समितिले आवश्यक देखेमा मन्त्री र संवैधानिक वा अन्य निकायका पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(६) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।